टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरणले चिसोमा मागलाई धान्न सकेन: बिल गेट्स

GETTY IMAGES FOR THE NEW YORK TIMES
GETTY IMAGES FOR THE NEW YORK TIMES

माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो सञ्चालन आउन नसक्दा सेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन्। 

अमेरिकी राज्य टेक्सासको अत्यधिक चिसो मौसममा उर्जा उत्पादन गर्ने कमसल उपकरणहरूले काम नगर्दा उक्त राज्यले लोडसेडिङको मार सहन परेको बताएका हुन्। विद्यूत आपूर्ति नियमित हुन नसक्दा चिसोका कारण कैयौँ अमेरिकीले ज्यान गुमाउनु परेको उनको दावी रहेको छ। घरपरिवारलाई न्यानो राख्नको लागि आवश्यक पर्ने उर्जाशक्तिबाट वञ्चित भएका कारण खासगरी बुढ्यौली अवस्थामा रहेका नागरिक बढी प्रभावित भएकाे उनको दावी छ। 

उनले शनिबार साँझ सीएनएनसँगको कुराकानीमा भने, “खासगरी मौसम अनुकुल नबनाइएको यो प्राकृतिक ग्यास प्लान्टको क्षमताबारे सोच्नु पथ्र्यो। यसको लागि धेरै पैसा खर्च हुन्थ्यो त्यसैले लगानीमा बढी ध्यान दिइयो। परिणामस्वरूप यसले काम गरेन। यो दुखद कुरा हो कि यस असावधानीका कारण नागरिकहरू चिसोका कारण प्रभावित हुनु परेको छ।” 

उनले थपे, “हिमपात, शून्य डिग्रीभन्दा कमको तापक्रम र सिरेठोले विशेष गरी संयुक्त राज्य अमेरिकाको दक्षिणपश्चिम र टेक्सास क्षेत्रलाई केही हप्तादेखि सताएको छ।”

टेक्सासलगायतका अमेरिकी केही राज्यमा प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बनेको छ। ती राज्यहरूमा विरामीहरू बढेका छन् भने विद्यूतको आपूर्तिमा आएको समस्याका कारण हिटर तथा न्यानोका अन्य स्रोत नियमित सञ्चालन नभएको स्थानीयहरूको गुनासो रहेको छ। रासस/एएनआई

प्रकाशित मिति: : 2021-02-21 19:56:00

प्रतिकृया दिनुहोस्