गीतकार गणेश उप्रेतीको ‘नजरको गुलेली’काे भिडियो सार्वजनिक  

बिएल संवाददाता

काठमाडाै‌ं

चर्चित गायिका रचना रिमालको आवाजमा रहेकाे गीत ‘नजरको गुलेली’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

एरीना इन्टरटेन्टमेन्टको युट्युव च्यानलमार्फत सो गीत सार्वजनिक गरिएको हो। 

यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत बिराट कडरिया तथा एरेन्ज पुरुशोत्तम सुवेदीले गरेका छन्।

यस गीतमा भुपालमान सिंह कार्की तथा श्रीजना लिम्बुको अभिनय रहेको छ भने यस म्युजिक भिडियोलाई जीवन बुढाथोकीले निर्देशन गरेका छन्।

सम्पादन तथा छायांकन सुवास लिम्बुले गरेको यो म्युजिक भिडियो गाउँले परिबेशमा आधरित रहेर निर्माण गरिएको छ। 

गीतमा भुपालमान सिंह कार्की र सृजना लिम्बुलाई प्रेम जोडीको रुपमा देखाइएको छ। 

यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको ‘लाइदेउ माया’, ‘लगन जुरेर’, ‘तिम्रो दिलको’ जस्ता गीत सार्वजनिक गरिसकेका छन्।

प्रकाशित मिति: : 2021-02-25 10:48:00

प्रतिकृया दिनुहोस्