उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा ३ जना पक्राउ    

फाइल तस्वीर
फाइल तस्वीर

उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौंबाट ३ जना पक्राउ परेका छन्।

पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबेलगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको पक्राउ जनाएको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: : 2021-02-25 14:11:00

प्रतिकृया दिनुहोस्