बिएल संवाददाता
एक महिना अघि मृत भेटिएका उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाका परिवारले किटानी जाहेरी दिँदापनि प्रहरीले छानबिनमा तादरुकता देखाएको छैन।
बास्तोला गत पुष ५ गते शंकास्पद अवस्थामा मृत भेटिएका थिए।साथीहरुको डेरामा गएका व्यक्ति मृत भेटिएका र उनीसँगै रहेका ४ जना साथीहरुको भूमिका शंकास्पद देखिएपनि प्रहरीले कुनै छानविन अगाडी नबढाएको परिवारको आरोप छ।
बास्तोला परिवारले घटना भवितव्य नभइ हत्या नै भएको दाबी गरेका छन्। घटनामा संलग्न भनिएका उर्लाबारी–६ बस्ने रिकेस सिवा भनिने राकेश दर्जी, दिपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली पक्राउ परेपनि केहिदिन पछि नै थुनामुक्त भएका थिए।
उनीहरुलाई मुद्धा चलाएर अदालती प्रकृयाबाट न्यायनिरुपण गर्नुपर्नेमा त्यतिकै छोडिदिएपछि उर्लाबारी प्रहरी शंकाको घेरामा परेको हो।
घटनाको बारेमा जानकारी माग्दा पीडित पक्षलाई प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थर्काउने गरेको मृतककी बहिनी दुर्गा बास्तोलले बताइन्।
कसैको फोन आएर दिउँसो २स्५५ बजे घरबाट उर्लाबारी चोक पूर्व गएको त्यसपछि आफ्नो छोरा सदाका लागि बिदा भएको मृतकका बुवा प्रेम बास्तोलाको भनाई छ।
उनका अनुसार साथीहरुसँगै बसेर मादकपदार्थ सेवन गरेको भनिएपनि परिवारलाई मृत्युको जानकारी नदिई शव अस्पताल पुर्याएका थिए।
१२ घण्टापछि मात्रै परिवारले घटनाबारे जानकारी पाउनु, स्थानीय गोदावरी अस्पतालमा मृतकको शव हुँदाहुदै मावा खोलामा लास छ भनेर ढाट्नेजस्ता कार्य भएकोले घटना शंकास्पद रहेको बुझाइ बास्तोला परिवारको छ।
उनीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेका छन्। प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर नियन्त्रणमा लिइएका आरोपितलाई छाडिसकेको छ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएपनि मृत्युको कारण सामान्य भनेर प्रहरीले घटनालाई ढिसमिस गराएको पीडित परिवारको दाबी छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया