बिएल संवाददाता
एक महिना अघि मृत भेटिएका उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाका परिवारले किटानी जाहेरी दिँदापनि प्रहरीले छानबिनमा तादरुकता देखाएको छैन।
बास्तोला गत पुष ५ गते शंकास्पद अवस्थामा मृत भेटिएका थिए।साथीहरुको डेरामा गएका व्यक्ति मृत भेटिएका र उनीसँगै रहेका ४ जना साथीहरुको भूमिका शंकास्पद देखिएपनि प्रहरीले कुनै छानविन अगाडी नबढाएको परिवारको आरोप छ।
बास्तोला परिवारले घटना भवितव्य नभइ हत्या नै भएको दाबी गरेका छन्। घटनामा संलग्न भनिएका उर्लाबारी–६ बस्ने रिकेस सिवा भनिने राकेश दर्जी, दिपेश पौडेल, पप्पु भनिने राजेश रणपहेली पक्राउ परेपनि केहिदिन पछि नै थुनामुक्त भएका थिए।
उनीहरुलाई मुद्धा चलाएर अदालती प्रकृयाबाट न्यायनिरुपण गर्नुपर्नेमा त्यतिकै छोडिदिएपछि उर्लाबारी प्रहरी शंकाको घेरामा परेको हो।
घटनाको बारेमा जानकारी माग्दा पीडित पक्षलाई प्रहरी निरीक्षक उद्धव पोखरेलले उल्टै थर्काउने गरेको मृतककी बहिनी दुर्गा बास्तोलले बताइन्।
कसैको फोन आएर दिउँसो २स्५५ बजे घरबाट उर्लाबारी चोक पूर्व गएको त्यसपछि आफ्नो छोरा सदाका लागि बिदा भएको मृतकका बुवा प्रेम बास्तोलाको भनाई छ।
उनका अनुसार साथीहरुसँगै बसेर मादकपदार्थ सेवन गरेको भनिएपनि परिवारलाई मृत्युको जानकारी नदिई शव अस्पताल पुर्याएका थिए।
१२ घण्टापछि मात्रै परिवारले घटनाबारे जानकारी पाउनु, स्थानीय गोदावरी अस्पतालमा मृतकको शव हुँदाहुदै मावा खोलामा लास छ भनेर ढाट्नेजस्ता कार्य भएकोले घटना शंकास्पद रहेको बुझाइ बास्तोला परिवारको छ।
उनीहरूले घटनाको सत्यतथ्य छानबिन माग गरेका छन्। प्रहरीले आफन्त र स्थानीयलाई जानकारी नै नदिएर नियन्त्रणमा लिइएका आरोपितलाई छाडिसकेको छ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएपनि मृत्युको कारण सामान्य भनेर प्रहरीले घटनालाई ढिसमिस गराएको पीडित परिवारको दाबी छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया