शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको तस्बीर 

अपराधीसँग प्रहरीकाे सेटिङ

तेजन खड्का

उर्लाबारी

शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैकाे फाेटाे देखेपछि मृतकका आफन्तले प्रहरी कै संलग्नतामा हत्या भएको बताएका छन्। प्रहरीले ढाकछोप गर्न घटनामा संलग्नहरूसँग  रकम लिएकाे पीडितहरूकाे दाबी छ।

मोरङ उर्लाबारी–५ का प्रवीण बास्तोला गत पुस ५ गते मृत फेला परेका थिए। मृत्यु हुँदाको समयमा उनीसंगै रहेका संदिग्ध व्यक्तिहरुलाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो। संदिग्ध ब्यक्तिहरू सबै प्रहरीकाे खाेजीकाे सुचीमा थिए। तर, प्रहरीले नै अपराधीहरूलाई छाेडेपछि उर्लाबारीमा फेरि एकपटक न्याय मरेकाे छ।

अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको हो।

मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी विरुद्ध नारावाजी गरेका छन्। मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन। यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाइएकाे छ। उक्त्र व्यक्तिको गलामा सिक्री लगाएको देखेपछि स्थानीय आक्रोशित बनेका हुन्। 

परिवारका अनुसार प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दिएकाे थियाे। तर, अहिले घटनाका आरोपित सबैलाई छाँडिदिएको छ। '४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो' - मृतक प्रवीणका बुबा प्रेमले भने, 'कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो, हामी परिवारका सदस्यलाई केही थाहा भएन। प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ। मर्ने त मर्यो तर न्याय मर्नु भएन नि।’

शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि प्रवीणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन। मरेको ब्यक्तिलाई एम्बुलेन्समा हालेर ल्याइएको परिवारको दाबी छ। तर, प्रहरीले प्रवीणको ढुकढुकी भएको अनुमानमा अस्पताल पुर्याएको दाबी गरेको छ। परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै भन्यो– ‘प्रवीणको मृत्यु भएको ३्४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पुर्‍याएको हो।’

कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडितको भनाई छ।

परिवारले किटानी जाहेरी दिन पटकपटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टै थर्काएको मृतककी बहिनी दुर्गा वास्तोलाले बताईन्। 'प्रमाण नष्ट गर्ने र अपराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ' -उनीले भनिन्।

प्रवीण गत पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए। त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा पुग्छन् र होटल सञ्चालक कुमार राई लगायतले रक्सी खान्छन्। रक्सी प्रविणले मात्र पिएको दाबी प्रहरी गरेको छ। जिउ थाम्न नसक्ने गरी रक्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रवीण बदाम जुस लिन स्कुटर चढेर केही पर-सम्म पुगेको बताइन्छ।

तीन वटा बदाम जुस लिएर प्रवीण कहाँ पुगे न त प्रहरीको अनुसन्धान बोल्छ न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन्। त्यति मात्र होइन, मद्रासी फिल्मीशैलीमा प्रवीणलाई मार्ने योजनाका लागि उनलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन्। मध्यरातको १२ बजे बनाएको भिडियो अहिलेसम्म प्रवीणकाे परिवारले हेर्न पाएका छैनन्। त्यति मात्र होइन १ बजेर १० मिनेट जाँदा उनको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपियाँ ट्रान्फर समेत गरिन्छ।

होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल, राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दाबी छ। घटनामा संलग्नहरू कोही लागु औषध कारोवारमा पटकपटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्यधिक लागु औषध खुवाएर मारेको हुन सक्ने पीडित परिवारको आरोप छ।

प्रहरीले घटना प्रति बेवास्ता गर्नु र न्यायलयले समेत कर्तब्य ज्यानको कुनै सम्भावना छैन् भन्दै मुद्धा मामिला नगर्न सुझाए पछि बास्तोला परिवार झनै आक्रोषित भएको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तब्य ज्यानको कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताए। उनले मृतकको शरीरमा कुनै चोट-पटक र नील-डाम पनि नदेखिएको बताए। मिसिलमा मृत नभएको, अनुसन्धान नसकिएको र प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्ने उनले बताएका छन्।

प्रकाशित मिति: : 2021-02-21 17:27:00

प्रतिकृया दिनुहोस्

    त्यत्रो Live प्रमाण सहितकाे भिडियो र जनताकाे आक्राेस घामझैं छर्लङ्ग छ।साे त्यसकारण त्यस बर्दरिधारि गुण्डा साथै त्यसकाे सबै पुछारेहरुलाई तत्काल बर्दि उधारेर जागिरबाट बर्खास्त गरि कानुन भन्दा माथिकाे कार्वाहि गरियाेस।। कामचलाउ प्रधानमन्त्री भनाउदा खड्गे वलिलाई ती पिडितहरुकाे आवाजसंगै मेराे पनि बुलन्द आवाज र आक्राेस अनि माग छ। यदि पुनः असलि मन्त्री हुनु छ भने त्यस ख्यागलाई हदै सम्मकाे कार्वाही हाेस।।

    • 3 बर्ष अगाडि
    • देवानसिं राई

    के काे दाेषी सवित नि लिला राज खतिवडा दाई त्यत्रो Live प्रमाण सहितकाे भिडियो र जनताकाे आक्राेस घामझैं छर्लङ्ग छ।साे त्यसकारण त्यस बर्दरिधारि गुण्डा साथै त्यसकाे सबै पुछारेहरुलाई तत्काल बर्दि उधारेर जागिरबाट बर्खास्त गरि कानुन भन्दा माथिकाे कार्वाहि गरियाेस।। कामचलाउ प्रधानमन्त्री भनाउदा खड्गे वलिलाई ती पिडितहरुकाे आवाजसंगै मेराे पनि बुलन्द आवाज र आक्राेस अनि माग छ। यदि पुनः असलि मन्त्री हुनु छ भने त्यस ख्यागलाई हदै सम्मकाे कार्वाही हाेस।। - England, UK🇬🇧🇬🇧

    • 3 बर्ष अगाडि
    • Dewan Singh Rai

    Proper action should be taken against these police officers

    • 3 बर्ष अगाडि
    • Luna Parajuli