नेकपामा ‘नम्बर गेम’

काठमाडौंप्रेस

काठमाडाै‌ं

उपेन्द्र पोखरेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूह यतिबेला संसदीय दलमा आ–आफ्ना पक्षमा बहुमत पुर्‍याउने खेलमा छन् । भित्रभित्रै चलिरहेको खेल सतहमा देखिन प्रतिनिधिसभाको पहिलो बैठकसम्म पर्खिनुपर्नेछ । २३ फागुनमा संसद् बैठक बोलाउन मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई १४ फागुनमा सिफारिस गरेको छ।

हालसम्म पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको समूहमा झिनो बहुमत देखिएको छ । उक्त समूहमा अहिले ८८ जना सांसद खुलेका छन्। यस्तै, प्रधानमन्त्री केपी ओली नेतृत्वको समूहमा ८४ सांसद खुलेर आएका छन्।

कुल एक सय ७४ सांसद रहेको नेकपामा हाल एक सय ७३ जना मात्र वहाल छन् । इलामकी नेकपा समानुपातिक सांसद सानु शिवाको २८ असोजमा निधन भएपछि उहाँको ठाउमा समानुपातिकबाट नयाँ सांसद नियुक्त भएको छैन। यस्तै, पूर्वमन्त्री तथा मोरङ क्षेत्र नम्बर ४ का सांसद लालबाबु पण्डितले पनि आफु कुनै पक्षसँग नलागि तटस्थ बसेको जनाएका छन्।

ओली समूहबाट १६ जनासम्म सांसदलाई आफूतिर तान्न सकिने आकलन प्रचण्ड–नेपाल समूहको देखिन्छ । प्रचण्ड–नेपाल समूहबाट ५–७ जना सांसदलाई आफूतिर तानेर बहुमत पु¥याउने खेलमा ओली समूह छ । तसर्थ नेकपाभित्र अहिले नम्वर गेम सुरु भएको छ। संसदीय दलमा जस्को नम्वर बढि पुग्छ उसैले गेम जित्नेगरी अधि बढेको देखिन्छ।

प्रकाशित मिति: : 2021-03-01 14:35:00

प्रतिकृया दिनुहोस्