क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचारको हामी अध्ययनमा छौँ : मन्त्री रायमाझी

थाहा खबर

काठमाडाैं

नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले क्यान्टोनमेन्टको १९ अर्ब भ्रष्टाचार बिषयमा अध्ययन गरिरहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘हामी त्यसको अध्ययनमा छौं। अब त्यो विभिन्न निकायबाट खोजीनीति होला, प्रश्न उठेको छ। त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला।’

बुटवलमा आयोजित पूर्व जनमुक्ति सेनाहरूको भेला कार्यक्रममा प्रसंगवश त्यो कुरा उठेकाले आफूले पनि ‘यो विषय उठेको छ र यसको खोजीनीति हुनुपर्छ’ भनेको उनले सुनाए। उनले भने, ‘उहाँहरुले त्यो भेलामा यो कुरा उठाउनुभयो। व्यापक रुपमा यो विषय उठाउनुभयो। पहिले पनि उठिराखेकै थियो। त्यो उठिसकेपछि त्यहाँको एउटा नेताको हिसाबले, अतिथिको हिसाबले मैले भन्नपर्ने कुरा आयो। यी कुरा उठेका छन्।

यस विषयमा कुनै न कुनै निकायले, यसको खोजिनीति हुनेछ। मैले यत्ति भनेको हो। मैले आँफै उब्जाएर भनेको होइन। उठेको प्रश्नको मैले यसरी जवाफ आयो।’ फरक प्रसङ्गमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे।

प्रकाशित मिति: : 2021-03-13 22:05:00

प्रतिकृया दिनुहोस्