विद्युत् ट्रान्सफर्मर आगलागी समस्या, सर्वसाधारणमा सधैंको त्रास

थाहा खबर

काठमाडौँ

श्याम राई

पुतलीसडक चोकको कम्प्युटरबजारमा २०७७ माघ २५ गते आगलागी भयो। मानवीय क्षति नभए पनि टेलिफोनका तारहरू भने जले। प्रहरीका अनुसार बिजुलीको ट्रान्सफर्मर पड्किँदा आगलागी भएको थियो। त्यस्तै २०७६ वैशाख २९ गते काठमाडौंको लगनटोलमा आगलागी भयो।

त्यहाँ पनि विद्युत् ट्रान्सफर्मरमा आगलागी भएपछि त्यस क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको थियो।

यी दुई घट्ना एक उदाहरण मात्रै हो। उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् ट्रान्सफर्मर पड्किएर आगलागीका घटनाा हुने गरेको छ। चैत, वैशाखको समयमा घामको रापबाट पनि ट्रान्सफर्मर जलेको देखिन्छ। तर, पुराना यी ट्रान्सफर्मर व्यवस्थापनमा विद्युत् प्राधिकरणको ध्यान गएको देखिन्न। जसले गर्दा जोखिम बढेकाले सर्वसाधारण त्रसित छन्। 

‘कमसल ट्रान्सफर्मर राखिँदा जोखिम बढ्यो’

कमसल ट्रान्सफर्मर जडान गरिँदा आगलागी हुने गरेको समेत सर्वसाधारण तर्क गर्छन्। पुतलीसडक चोकका सदीक्षा श्रेष्ठ भन्छिन्, ‘केही महिनाअघि यहाँको कम्प्युटर बजारमा ट्रान्समिटरमा आगलागी भएर सबै तार जल्यो। धन्न केही मानवीय क्षति भएन। प्राधिकरणले कमसल खालका ट्रान्सफर्मर राखेर त होला जहिले नि आगलागी हुन्छ। अन्य ठाउँमा पनि आगलागी भएको देखेको छु।’ 

सर्वसाधारणको ज्यान जोखिम हुने गरेको भन्दै उनले तत्काल पुराना ट्रान्सफर्मरहरू फेरेर व्यवस्थित पार्नुपर्ने माग गरिन्। ‘थाहै नभएको बेला आगलागी हुन्छ,’ उनले भनिन्, ‘यसले सर्वसाधारणको ज्यान नै जोखिम हुन्छ। त्यसैले सरकारले यसलाई व्यवस्थित गराउनुपर्छ।’

प्रकाशित मिति: : 2021-03-17 21:25:00

प्रतिकृया दिनुहोस्