अझै सहज छैन दुर्गाप्रसादलाई

४० वर्ष कालकोठरीमा बिताउनु आफैंमा कति कष्टकर हुन्छ माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) ले अनुभव गरेका छन्। 

हत्या आरोपमा अर्काको देशको जेलमा आफ्नो अमूल्य जीवनको लगभग ४१ वर्ष बिताएका दुर्गाप्रसाद ढाका टोपी, नीलो कुर्ता, सेतो सुरुवाल लगाएर घरको आँगन टेक्दै गर्दा त्यहाँको वातावरण नै एकाएक परिवर्तन भयो।

४० वर्षपछि छोरो घर फर्केर आएपछि आमा धनमाया जति खुसी कोही देखिएन। घर आउँदा दुर्गाप्रसाद मानसिक रोगका कारण निकै विक्षिप्त देखिए। छरछिमेक र परिवारका सदस्यसँग नबोल्ने दुर्गा प्रसादसँग बेला–बेला अनुहारले प्रतिक्रिया दिनेबाहेक कुनै पनि चमक र हाउभाउ देखाएन। कतिपय नाता पर्ने व्यक्तिहरु आउँथे र दुर्गाप्रसादलाई चिनाउन खोज्थे, उनीचाहिं खासै बोल्दैनथे। मुन्टो मात्र हल्लाउँथे र चिनेको संकेत दिन्थे।

प्रकाशित मिति: : 2021-03-23 19:54:00

प्रतिकृया दिनुहोस्