आआफ्नै दाबी, तर बन्‍न सकेन ओलीविरुद्ध गठबन्धन

थाहा खबर

काठमाडौं

यतिबेला नेपाली राजनीति निकै गर्माएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर गठबन्धनको सरकार बनाउने विषयले राजनीति तात्दै गएको छ। 

ओली नेतृत्वको सरकार ढालेर कांग्रेस-माओवादी केन्द्र-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको सरकार बनाउने पहल भइरहेको छ। गठबन्धनको सरकार बनाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहल गरिरहेका छन्। 

यद्यपि माओवादीले ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन। गठबन्धनको सरकारको टुंगो नभएसम्म माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने मनस्थिति बनाएको छ। 

यता ओलीलाई हटाएर आफ्नो नेतृत्वको सरकार बनाउने निर्णय गरेको कांग्रेसले पनि अलमलमा परेको छ। जसपाले आफ्नो निर्णय लिन नसक्दा गठबन्धनको सरकार अलमलमा परेको देखिन्छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पहल गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-04-05 19:46:00

प्रतिकृया दिनुहोस्