युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ग्रानडामाथि जित निकालेको छ।
बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० अन्तरले पराजित गर्यो। युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरेका थिए।
उक्त जितसँगै युनाईटेडले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। युनाईटेडसँग हार व्यहोरेको ग्रानडालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ।
दुर्य समूहबीच दोस्रो लेग अप्रिल १६ मा हुनेछ।