अमेरिकी राष्ट्रपतिका छोरा हन्टर बाइडेनको इमेल ह्याक : वेश्यागमन र लागुपदार्थ दुर्व्यसनका गोप्य कुराहरु सार्वजनिक

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले सन् २०१३ देखि २०१६ सम्ममा मात्र वेश्यागमन, लागुपदार्थ दुर्व्यसन र महँगो गाडीमा करिब ६ मिलियन डलर खर्च गरेको खुलासा भएको छ।

लन्डनबाट प्रकाशित हुने पत्रिका  'डेली मेल'ले हन्टरको इमेल नैतिक ह्याकरहरुको सहयोगमा ह्याक गरेको थियो। जसबाट १ लाख ५४ हजार इमेल र २ हजारभन्दा बढि तस्वीर भेटाएको पत्रिकाले जनाएको छ।

उक्त इमेलहरुमा हन्टरले आफ्नो पिता ठुलो मान्छे भएपनि कर छलीको अभियोगमा जेल जान सक्ने चिन्ता व्यक्त गरेका छन्। हन्टरमाथि अहिले पनि 'फेडरल इन्वेस्टिगेशन' चलिरहेको छ। यदि उनी दोषी पाइएमा ३५ वर्ष जेल सजाय र ७ अर्ब डलर जरिवाना हुनेछ। 



अमेरिकी वायु सेनाको मिसाइल परिक्षण असफल, २० अर्ब डलर स्वाह



हाल हन्टरमाथि बैंकहरुको ऋण तिर्न ढिलो गरेकोपनि आरोप छ। आफूसँग भएको सम्पुर्ण पैसा सकिएपछि उनले छोरीको 'एजुकेशन सेभिङ्ग अकाउण्ट'बाट समेत पैसा निकालेर खर्च गरेको पाइएकाे छ।

हन्टरको ह्याक भएको इमेलबाट प्राप्त सुचना अनुसार उनले सन् २०१४ मा 'पोर्शे' र 'आउडी गाडी', सन् २०१८ मा 'फोर्ड रेप्टर ट्रक', 'रेञ्ज रोभर', 'ल्याण्ड रोभर', 'बिएम डब्लु' गाडी, 'चेबरलेट' ट्रक र ८० हजार डलर मुल्यको पानी जहाज खरिद गरेका थिए। यसको साथै हन्टरले लाखौँ डलर स्ट्रिपर्स (नाच्दै लुगा खोलेर सम्पुर्ण नग्न हुने) र वेश्याहरुमाथी खर्च गरेकाे पनि पाइएकाे हाे।



द्विपक्षीय सुरक्षा जारी राख्न अमेरिका र इराक सहमत



हन्टरले सन् २०१८ मा 'बिक्की' नामको एक महिलालाई 'स्वीट हार्ट', 'माइ लब' जस्ता शब्द राखेर मेल गरेको पनि पाइएको छ। युक्रेनकी ती महिलाको खर्चपनि हन्टरकै बैंक अकाउन्टबाट काटिएको थियो। ती महिलाले भित्री वस्त्र खरिद गर्नमात्र एक पटकमा २ लाख डलरसम्म खर्च गरेकी थिइन्, जुन खर्च हन्टरको क्रेडिट कार्डबाट तिरिएको थियो।

यस्तै २९ फ्रेबुअरी २०१९ को दिन डायना पेग्नो नामकी महिलाले उबर (ट्याक्सी) मा अन्य महिलालाई लिएर कनेक्टिकटको न्यू हेवनस्थित हन्टरको होटलको कोठामा गएकी थिइन्। ती महिलाले हन्टरलाई एक रातको एक देखि दुइ सय डलर मुल्य पर्छ भनेर गरेको इमेलपनि भेटिएको छ। त्यो के को मुल्य हो भन्ने बारे नखुलेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ।


अमेरिकामा 'बन्दुक संस्कृति' राेक्न राष्ट्रपति जो बाइडेनले नयाँ कदम चाल्दै

'कर्पोरेट ट्याक्स' बढेपनि अमेरिकाबाट विदेशी व्यापारीहरु नबाहिरिने राष्ट्रपति बाइडेनको विश्वास

प्रकाशित मिति: : 2021-04-11 08:21:00

प्रतिकृया दिनुहोस्