फेरि बढ्न थाल्यो कोरोना ग्राफ, विज्ञ भन्छन् : तीनै सरकारको समन्वय चाहियो

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

एक सातायता कोरोना संक्रमण ग्राफमा बढ्दै छ। करिब दुई महिनायता संक्रमण न्यून भएपश्चात् पुनः संक्रमण ग्राफ बढेको छ।

त्यसभन्दा अगाडि दैनिकजसो ७०-८० जनाको हाराहारीमा संक्रमण बढ्दै गएको थियो। अहिले भने दैनिक २ सयभन्दा बढी संक्रमित देखिन थालेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सातामै २ हजार भन्दा बढी संक्रमण देखिन थालेका छन्।

छिमेकी मुलुक भारतमा संक्रमण बढेसँगै नेपालमा संक्रमणदर बढ्न थालेको हो। नेपालमा कोभिडको दोस्रो लहर फैलन थालिसकेकाले चिकित्सकहरूले नियन्त्रणका लागि तीनै तहका सरकार एक हुनुपर्ने बताउन थालेका छन्।

जनस्वास्थ्य मापदण्ड पालना नगर्दा र खोप लगाएपछि सर्वसाधारणमा आत्मविश्वास बढ्नु, खोप आयात भएपछि सामाजिक दूरी पालन नगर्नु, मास्क प्रयोग नगर्नुले नै कोरोना बढिरहेको उनीहरूले बताउन थालेका छन्। 

देशभरका विभिन्न सीमानाकाबाट खुला रुपमा मानिसहरू भित्रिँदा पनि कोरोना जोखिम बढ्न थालेको हो। तर सरकारले सीमा कडाइ भने गर्न सकेको छैन। भारत तथा तेस्रो मुलुकबाट आएकालाई क्वारेन्टाइनमा राख्न नसक्दा पनि पछिल्लो समय संक्रमण ह्वात्तै बढ्न थालेको छ। 

प्रकाशित मिति: : 2021-04-12 21:26:00

प्रतिकृया दिनुहोस्