प्रधानमन्त्रीको एकलाैटी! सरकार बचाउन अधिवेशन अन्त्य!

थाहा खबर

काठमाडौं

काठमाडौं : प्रतिपक्षी दलबाट प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने अन्तिम तयारी भइरहेका बेला चालु संसद् अधिवेशनको अन्त्य गरेका छन्। सोमबार बिहानको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसद् अधिवेशन अन्त्य गरिदिएकी छन्। 

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिसमा संसद् बैठक अनिश्चितकालका लागि अधिवेशन अन्त्य गरेकी हुन्। पुस ५ गते विघटन गरेपछि फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री र सभामुखको टकरावले बिजनेसविहीन बनाएर सरकारले अधिवेशनको अन्त्य गरेको छ। 

संसद् पुनःस्थापनापछि हालसम्म बैठकले १९ वटा शोक प्रस्ताव पारित गर्ने काम मात्रै भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा बताउँछन्। संसद्ले  फागुन २३ गतेयता १९ वटा शोक प्रस्ताव पारित गर्नेभन्दा अरू कुनै काम गर्न नसकेको बताए।    

थापाले लेखेका थिए, ‘पुनःस्थापित प्रतिनिधिसभाले १९ वटा शोक प्रस्ताव पारित गरेको छ! २०७७ फागुन २३ गतेयता काम जम्मा यत्ति हो। आज दिउँसो १ बजेबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ। नीति तथा कार्यक्रम र बजेटको तयारी साथ अब बर्खे अधिवेशन हुन्छ।’

प्रकाशित मिति: : 2021-04-20 07:07:00

प्रतिकृया दिनुहोस्