सरकारको समर्थन फिर्ता लिन वा चुनावमा जान प्रचण्ड तयार हुनुपर्छ : आचार्य

थाहा खबर

काठमाडौँ

नेपालको सम्पूर्ण कम्युनिष्ट आन्दोलनको उथलपुथल यतिखेर नेपाली समाजले खेप्दै छ।

कम्युनिस्ट आन्दोलनको उठान हेरियो। सत्ताको क्रियाकलाप हेरियो। दुई तिहाइको आरोहण पनि हेरियो। नेपालको कम्युनिष्ट आन्दोलनको ७ दशकको आन्दोलनको विसर्जन र विघटन बडो दयनीय किसिमले यसको इतिहास मेटिँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओली, एमालेभित्र पार्टीगत समानान्तर कमिटी, माओवादी केन्द्र, जनमोर्चा यी दलहरूको अन्‍नतरद्वन्द्व, पार्टीभित्र रहेका व्यक्तिहरुको महत्वाकांक्षा, स्वार्थ, मन्त्री बन्न दौडधूप, यी सारा विषयहरु छताछुल्ल भएर एउटा प्रहसन भएको छ। 

नेपाली समाजमा देखिएको यो छताछुल्ल पन कहाँ गएर टुङ्गिने हो भन्ने कुरा एक वाक्यमा भन्न सकिन्छ। नेपालको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थी धारतर्फ जाँदैछ।पूर्णत दक्षिणपन्थी धार भनेको धार्मिक सांस्कृतिक विचारमा टेक्न खोज्दैछ। 

प्रकाशित मिति: : 2021-04-20 19:10:00

प्रतिकृया दिनुहोस्