'लकडाउन अरूका लागि कहर बन्यो, मेरो लागि अवसर'

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

असीम पाण्डे १९ वर्ष हुँदा एयर स्पेश इन्जिनियरिङ पढन नेदरल्याण्ड गए। पढाइ सँगसँगै काम गरेका उनले त्यहाँ ब्याचलर्स र मास्टर पनि सके। पढाई मात्र सकेनन् उनले साथमा पढाइसँगै सपना पनि लिएर उनी नेपाल फर्के ।

सपना देख्न निन्द्रामा हुनुपर्छ भन्ने मान्यतालाई असीमले विदेशमा रहँदा तोडिदिएका थिए। त्यहीँ सपनाले नेपालसम्म डोर्याएर आएका सफल उद्यमी बन्ने जमर्कोमा छन् उनी।

जुन बेला उनी काम गर्थे दैनिकजसो इलेक्ट्रिक साइकलको सहारामा अफिस जाने-आउने गर्थे। विदेशको सहारा नै स्वदेशमा आएपछि सबैको सहारा भएका छन् उनी। काठमाडौं जस्तो धुवाँ-धुलो भएको सहर र दिनप्रतिदिन इन्धनको मूल्यमा भइरहेको विद्युतीय सवारी साधनले केही राहत प्रदान गर्ने भएको छ।

जुन बेला अध्ययनका लागि उनले नेपाल छोड्दै थिए त्यस समयमा देशभर लोडसेडिङको समस्या थियो। सदाको लागि लोडसेडिङ नरहने उनलाई विश्वास थियो। अहिले मुलुकमा लोडसेडिङ छैन। विद्युतीय सवारीसाधनको लागि सम्भावनाका ढोका खुल्दै गएका छन्। लोडसेडिङको अन्त्य नै विद्युतीय सवारीसाधन उत्पादनको उपज माग्छन् उनी।

प्रकाशित मिति: : 2021-04-23 20:48:00

प्रतिकृया दिनुहोस्