ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन यसकारण भइरहेछ ढिलाइ

थाहा खबर

काठमाडाैं

रमेश पराजुली

​प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास अझै अलमलमा छ। जनता समाजवादी पार्टी (जसपा) सत्ता समीकरणबारे एकमत नहुँदा ओलीविरुद्ध अविश्वास प्रस्ताव आउन ढिलाइ भएको हो। 

ओलीले पुष ५ गते संसद् विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै कांग्रेस, माओवादी केन्द्र र जसपा (बाबुराम–उपेन्द्र) मिलेर नयाँ सरकार गठन गर्न जोडबल गरिरहेका छन्।

सर्वोच्च अदालतले फागुन ११ गते संसद् पुनःस्थापना गरिदिएको भएपनि अझै विपक्षी मोर्चाले अविश्वास प्रस्ताव ल्याउन सकेका छैन। विपक्षी तीन दलबीच भएको वार्ता टुङ्‌गोमा पुगिरहेको छैन। 

माओवादी केन्द्रले अझै ओली सरकारलाई दिएको समर्थन कायमै राखेको छ। ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैचोटी गर्ने माओवादीको दाउ छ। तर, कांग्रेस र जसपाले भने माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएर दोहोरो भूमिको खेलेको टिप्पणी गर्दै आइरहेका छन्‌। 

प्रकाशित मिति: : 2021-04-28 10:07:00

प्रतिकृया दिनुहोस्