'प्रधानमन्त्रीलाई पहिल्यै हटाउनुपर्ने, हाम्रो नेतृत्वको भित्री साँठगाँठ के हो थाहा छैन'

थाहा खबर

काठमाडौँ

 नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन्।

सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी उनले गरे। उनले पार्टीले संस्थागत रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यसतर्फ पहल कदमी नगरेको भन्दै उनले राज्यसत्ता र पार्टी सत्ता दुवैको नेतृत्वमा रहेकाहरूबाट लोकतान्त्रिक विधि र प्रक्रियालाई उलंघन गर्ने काम गरेको  टिप्पणी गरे।

बिहीबार बिहान न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकारको मात्रै नभई पार्टी नेतृत्वको पनि चर्को आलोचना गरे। उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप लगाए। गण्डकी प्रदेशका जनमोर्चा सांसद संसदमा सत्तारुढ दलले गरेको घृणित कामको विरोध गर्न सबैलाई अपिल पनि गरे। प्रस्तुत छ, नेता पौडेलसँग न्यूज एजेन्सी नेपालले गरेको अन्तरवार्ताको सम्पादित अंश।

प्रकाशित मिति: : 2021-04-29 16:30:00

प्रतिकृया दिनुहोस्