'निको भएर आउने ठाउँ यहिँ हो, त्यसैले संक्रमितको उपचारमै छु '

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

मुलुकमा यतिखेर कोभिड नामको भाइरसको सुनामी छ। यसले कति जनको क्षति गर्ने हो यसै अनुमान लगाउन सक्ने अवस्था पनि छैन। सामुन्द्रीक आँधीको सुनामीले मात्र विनाश ल्याउँदैन। सुनामीले समुद्रको छेउछाउमा मात्र असर गर्ला। तर, रोगको सुनामीले आँखाले नदेख्ने भूगोल र क्षितिजसम्म समेत क्षति गर्दोरहेछ।

विश्व कोरोनाको कहरमा छ। मानिसका कहरलाई रहरमा बदल्न यतिखेर सबैभन्दा व्यस्त छन् स्वास्थ्यकर्मी। बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालको कोभिड वार्डमा संक्रमितको उपचारमा व्यस्त रहने डा. अन्जु गुरुङ यतिखेर आफै संक्रमित भइ उपचाररत छिन्।

संक्रमितको उपचारमा खट्दा खट्दै टाउको दुख्ने र अप्ठयारो महसुस भएकाले उनले कोरोना पिसीआर परीक्षण गरिन्। रिपोर्टमा कोरोना पोजेटिभ देखियो। सुरुदेखि कोभिड संक्रमितको उपचारमा खटिएकी ३९ वर्षीय डा. गुरुङ यतिखेर कोभिड वार्डमा अन्य संक्रमितलाई स्याहार गर्दै बसिरहेकी छिन्।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमण घटेपछि डा. अन्जु घरबाट धाउने गर्थिन्। उनी नियमित ड्युटी गरेर सीतापाइलामा जान्थिन्। कोरोनाको लक्षण देखिएपछि उनले परीक्षण गरिन। गत शनिबार उनलाई कोरोना पुष्टि भयो।

उनलाई संक्रमितको उपचारमा खट्दा खट्दै कति खेर आफै संक्रमित भइने केही थाहा नहुने जस्तो लाग्दो रहेछ। उनले भनिन,' उपचारमा खटिनुपर्ने भएकाले होला म आफै संक्रमित भइ यतिखेर उपचारमा छु।' उनले चिकित्सक र संक्रमित हुनुमा कति फरक रहेछ भन्ने कुरा आफै संक्रमित भएपछि बुझेकी बताइन्।

प्रकाशित मिति: : 2021-04-30 11:09:00

प्रतिकृया दिनुहोस्