कोरोनाले मृतककाे संख्या बढेपछि शव व्यवस्थापनमा समस्या, छैन सरकारको तयारी

थाहा खबर

काठमाडौँ

श्याम राई

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार २७ र सोमबार ३७ जना संक्रमितको मृत्यु भएको छ। जसकारण मृतकको शव व्यवस्थापन गर्न समेत समस्या हुन थालेको छ। 

यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिको विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गरिँदै आएको  थियो। तर, शव धेरै भएकाले विद्युतीय शव गृहले थेग्न सकेन। त्यसो त नेपाली सेनाले आइतबारबाट पशुपतिको बागमती किनारामै शव जलाउन थालेको छ। 

सेनाका प्रवक्ता  सहायकरथी सन्तोषबल्लभ पौडेलले पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नु परेकोले समस्या आएको बताउँछन्। ‘विद्युतीय शवदाह गृहमा एउटै शव व्यवस्थापन गर्न एक घन्टा भन्दा धेरै समय लाग्छ, यता  संक्रमणबाट मृत्यु भएर व्यवस्थापन गर्नुपर्ने शवको संख्या धेरै हुन थालेको छ,त्यसैले बागमती किनारमै व्यवस्थापन गरेका हौं', पौडेलले भने।

प्रकाशित मिति: : 2021-05-03 18:33:00

प्रतिकृया दिनुहोस्