बुधबार मात्रै ७० आरोही सगरमाथा शिखरमा

बिएल संवाददाता

सोलुखुम्बु
फाइल तस्वीर
फाइल तस्वीर

देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।

आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिए।

हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।रासस

प्रकाशित मिति: : 2021-05-12 21:21:00

प्रतिकृया दिनुहोस्