कतारस्थित नेपाली राजदूतको ‘अ’ कूटनीतिक टिप्पणी 

नवीन अर्याल

काठमाडौँ

कतारका लागि नेपाली राजदुत डा. नारदराज भारद्धाजले प्यालेस्टाइनको हमास समूहले विगत एक सातादेखि इजरायलमा गरिरहेको बमबारीप्रति असंवेदनशील टिप्पणी गरेका छन्।

२०१६ सालदेखि नै नेपाल र इजरायलबीच दौत्य–सम्बन्ध स्थापित छ। राजदूत भारद्धाजले बिहीबार कूटनीतिक मर्यादाको धज्जी उडाउँदै प्यालेस्टाइनमा भइरहेको बमबारीले गर्दा  प्यालेस्टाइनी जनताले बममा पनि उकुसमुकुस भएर मुस्लिमहरूको चाँड इद–उल–फितर मनाउनु परेको प्रतिक्रिया दिएका छन्।

इदको अवसरमा गैर–आवासीय नेपाली महासंघ (एनआरएनए) को शुभकामना आदान–प्रदान कार्यक्रममा जुम मिटिङमा उनले गैर–कुटनीतिक टिप्पणी गरेका हुन्। यस मिटिङमा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तता, आइसीसी सचिव राजेन्द्र कुमार शर्मालगायतका प्रतिनिधिको उपस्थिति थियो। कार्यक्रम संघका सचिव पदम गिरीले सञ्चालन गरेका थिए।

इजरायलमा हाल २५ सय नेपाली कार्यरत छन्। नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आफू प्रधानमन्त्री नियुक्त भएपछि पहिलो कुटनीतिक सम्बन्ध इजरायलसँग स्थापित गरेका थिए।

२०१७ साल पुष १ गते तत्कालिन राजा महेन्द्रले बिपी कोइरालाको जननिर्वाचित सरकार ‘कू’ गरेपनि इजरायलसँगको दौत्य–सम्बन्ध यथावत राखेका थिए। नेपालले इजरायलसँग दौत्य–सम्बन्ध विस्थापित गरिसकेको छैन। यस्तो अवस्थामा कतारका लागि नेपाली राजदूतको यस्तो टिप्पणी आएको हो।

हमासले गत सातादेखि इजरायलमा लगातार बमबारी गरिरहेको छ। यो घटनामा भारतको केरला निवासी ३० वर्षीय सोमैयाको दक्षिण इजरायलमा मंगलबार निधन भएको थियो।

यहाँ सयभन्दा बढी नेपाली कार्यरत छन्। उनीहरू सबै ज्यान बचाउन बंकरमा लुकेर बसेका छन् भने राजधानी तेल अभिभमा बसेका नेपालीहरू सतर्क अवस्थामा छन्। हमासको आक्रमणमा इजरायलमा ८० जनाले ज्यान गुमाइसकेका छन्।



सरकारी मापदण्डको पालना गरी इद मनाउन राष्ट्रपति भण्डारीको आग्रह

प्रचण्डको एक वर्षदेखिको ओली हटाउने प्रयास विफल, देखिए निराश 

प्रकाशित मिति: : 2021-05-14 14:30:00

प्रतिकृया दिनुहोस्