‘मेरो घर फर्किने आशा मरेको थियो’

रातोपाटी

काठमाडौँ

कुवेर गिरी 

कोरोनाको दोस्रो भेरियन्टले यतिबेला देशमा आतङ्क मच्चाएको छ । भीआईपी, सेलिब्रेटी वा सर्वसाधारण नै किन नहुन्, कोरोनाबाट सबै प्रभावित छन् । पहिलो लहरको तुलनामा धेरै खतरनाक मानिएको संक्रमणको दोस्रो लहर नयाँ भेरियन्टका कारण घातक बनिरहेको छ भने प्राण गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।

यो भेरियन्टबाट सङ्क्रमित केही मानिस होम आइसोलेसनमै ठिक भएका छन् भने कतिले त अस्पताल पुगेर पनि ज्यान गुमाएका छन् । अस्पतालमा बेड नपाएर अक्सिजनको अभावमा ज्यान गुमाउनेको संख्या बढ्दो छ भने मृत्युको मुखबाट फर्किनेसमेत धेरै छन् । तीमध्येका एक हुन्– कलाकार रवि डङ्गोल अर्थातन् ‘का बेइमान’ । 

टेलिसिरियलमा ‘का बेइमान’ थेगो प्रयोगकर्ताका रुपमा दर्शकमाझ पहिचान बनाएका रविले केही दिन अगाडिमात्र कोरोनामाथि जित हासिल गरेका हुन् । ९ दिन होम आइसोलेसन र ९ दिनसम्म अस्पतालमा कठिनपूर्ण सङ्घर्षपछि कोरोना संक्रमणमुक्त भएका रवि अहिले पनि पूर्णरूपमा ठिक भइसकेका छैनन् । उनी अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

विश्वलाई आतङ्कित बनाएको कोरोनालाई ‘केही होइन’ भन्ने व्यक्ति पनि थुप्रै छन् । तर आफूले भोगेपछि मात्र कोरोना के हो र यसको असर 

प्रकाशित मिति: : 2021-05-26 10:49:00

प्रतिकृया दिनुहोस्