मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जना पक्राउ 

Symbolic photo
Symbolic photo

मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-२ अत्तरियास्थित मिट प्वाईन्ट होटलका संचालक दान बहादुर साँउदलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

साँउदले उक्त होटलमा काम लगाइदिने बहानामा २ जना महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-06-06 17:50:00

प्रतिकृया दिनुहोस्