अम्बर गुरुङका चेला थिएनन् गोपाल योञ्जन

हिमाल खबर

काठमाडौँ
Breaknlinks
Breaknlinks

कार्थक किन गोपाल योञ्जनलाई अम्बर गुरुङको चेला बनाउन चाहन्छन्? के यसो गरिनुमा गोपालको उचाइ कम देखाउने अभीष्ट नै हो त? यस्तो इतिहास पढ्नेले भोलिका दिनमा कस्तो धारणा बनाउँलान्? गम्भीर प्रश्न उत्पन्न भएको छ।

मेरो बुवा गोपाल योञ्जनको २४औं स्मृति दिवसका अवसरमा बिहीबार, १३ जेठ २०७८ मा हिमालखबर डटकममा ‘गोपाल योञ्जनः एक ‘सङ्गीत सन्यासी’ शीर्षकमा लेखक पिटर जे. कार्थकको अनूदित लेख प्रकाशन भएको पाएँ। प्रकाशित लेख कार्थकलिखित र हिमाल किताबद्वारा प्रकाशित अङ्ग्रेजी पुस्तक नेपाली म्युजिकमेकर्स  को नेपाली अनुवाद नेपाली सङ्गीतस्रष्टा  बाट लिइरहेको रहेछ।

यो लेख पढिरहँदा म तथा मेरो परिवार झस्कियौं। लेखभित्रका विभिन्न रोचक घटना, परिघटनासँगै केही गम्भीर भ्रामक र आधारहीन व्याख्यान बुनिएको देख्यौं। त्यसैले म, मेरो परिवारको तर्फबाट केही लेख्‍न बाध्य भएकी छु।

 

प्रकाशित मिति: : 2021-06-09 07:51:00

प्रतिकृया दिनुहोस्