राष्ट्रहितको अजेन्डा किन गोलबद्ध हुन सकेनन् दलहरू?

हिमाल खबर

काठमाडौँ

डा. गोविन्दराज पोखरेल

जर्मनीमा पढ्दाको कुरा हो, नेपाल माओवादी हिंसात्मक विद्रोहको भुङ्ग्रोमा थियो। अब नेपाल असफल राष्ट्र हुने भयो भनेर हामी छलफल र चिन्ता गर्थ्यौं। हाम्रो चासोलाई सम्बोधन गर्दै राजनीतिशास्त्रका प्राध्यापक भन्थे, 'जबसम्म सुरक्षा निकायहरू र न्यायालय निष्पक्ष अनि बलिया हुन्छन्, तबसम्म राष्ट्र असफल हुँदैन। आर्थिक रूपमा जर्जर होला, दलका नेताहरू भ्रष्ट होलान्, तर फराकिलो सोच र लोकतान्त्रिक संस्कार अनुरूप राजनीति विकसित हुँदै गएमा यिनलाई सुधार्न सकिन्छ।'

हुन पनि, दशक लामो सशस्त्र द्वन्द्वले देशलाई असफलतातिर लगेन। तत्कालीन माओवादी विद्रोहीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन कर लाग्यो। भलै १० वर्षे द्वन्द्वले धेरै जनाको ज्यान गयो र नेपालीहरूको एक पुस्ताले आफ्नो सिर्जनशीलता र उद्यमशीलताको भरपुर उपयोग गरी राष्ट्र र आफ्नो आर्थिक समुन्नतिमा योगदान गर्न पाएन। हामी विकासको गतिमा पछाडि पर्‍यौं।

द्वन्द्व र संक्रमणकालपछि स्थिर राजनीतिक माहोल हुनेगरी देशमा निर्वाचन सम्पन्न भए र सरकार पनि बन्यो। तर, सरकारका अनुत्तरदायी र निरङ्कुश क्रियाकलापले जनताको आशामा तुषारापात भएको छ।
 

प्रकाशित मिति: : 2021-06-15 15:11:00

प्रतिकृया दिनुहोस्