कोरोना संक्रमितको शव व्यवस्थापन सक्रिय शिवानी

पार्थ मण्डल

४२ वर्षीया शिवानी देवान‚ अहिले व्यस्त छिन्। झापामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिरहेकीले उनको व्यस्तता बढेको हो।

भद्रपुर नगरपालिका–६ की देवान भद्रपुर मावि अध्ययनरत रहेका बेला २०४६ सालमा नेपाल स्काउटमा प्रवेश गरेकी थिइन्। बालबालिका तथा युवालाई शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित र स्वावलम्बी बनाउन स्काउटको स्थापना भएको हो।

नेपाल स्काउटको उद्देश्यलाई आत्मसात् गर्दै विद्यार्थी जीवनदेखि नै जनसेवी बनेकी शिवानी अहिलेसम्म नेपाल स्काउटमा आवद्ध छन्। १० वर्षको उमेरदेखि स्काउटमा लागेकी उनले ३२ वर्ष स्काउटमै बिताइसकेकी छन्।

लिटल फ्लावर्स इङ्लिस बोर्डिङ स्कुल बिर्तामोडका स्काउटर (शिक्षक), युनाइडेड युथ ओपेन स्काउट मेचीनगरका क्रेयु रेन्जर लिडर र नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक समेत रहेकी शिवानी अहिले पनि भद्रपुरस्थित नेपाल स्काउटको कार्यालयमा कार्यरत छिन्।

प्रकाशित मिति: : 2021-06-22 12:47:00

प्रतिकृया दिनुहोस्