निषेधाज्ञा खुकुलो भएसँगै न्यूरोड क्षेत्रमा बढ्यो चहलपहल (तस्वीरहरु)

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएसँगै व्यापारिक स्थलहरुमा मानिसको चहलपहल बढ्न थालेको छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए। सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ, भने पसल बारका आधारमा खोल्ने निर्णय गरिएको छ। 

सोही अनुसार काठमाडौंकाे न्यूरोड क्षेत्रका पसल खुल्न थालेका हुन्। पसल खुल्न थालेसँगै मानिसको चहलपहल बढ्न थालेको हो। जसका कारण ट्राफिक जाम समेत बढ्न थालेको छ।

विशेष गरेर प्यूँखा, खिचापोखरी, महाबौद्ध, इन्द्रचोक, रञ्जाना गल्ली, विशाल बजार, वटू लगायतका क्षेत्रहरुमा मानिसको चहलपहल बढ्न थालेको छ। यी क्षेत्र व्यवसायीहरुले स्वास्थ्य सुरक्षका मापदण्ड अपनाएर पसल सञ्चालन गरेका छन्। व्यापारिक क्षेत्रहरु विस्तारै चलायमान बन्न थालेका छन्। 

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको ५४ दिनपछि खुकुलो बनाइएको हो। खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा असार १४ गते सम्म जारी रहनेछ। 

प्रकाशित मिति: : 2021-06-23 17:20:00

प्रतिकृया दिनुहोस्