डोल्पामा ट्रयाक्टर दुर्घटना,आमाको मृत्यु, छोरा बेपत्ता

डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार विहान हुरिकोटबाट बालुवा बोकेर माझगाउँ तर्फ जादै गरेकाे लु ४ त ३२२८ नम्बारको ट्रयाक्टर काठको पुल तर्ने क्रममा खसेर दुर्घटना एक जनाकाेन ज्यान गएकाे प्रहरी जनाएको छ।

दुर्घटनामा परेर सोही गाउँपालिका– ५ की ३५ वर्षीया सेतु विकको ज्यान गएको छ। दुर्घटमा घाइते भएकी विकको उपचारको क्रममा काईगाउँ स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डिएसपी राजु पाण्डेले बताएका छन्।

दुर्घटनामा परेर मृतक विकका दुई वर्षीय छोरा किरण विकको खोलामा खसेर बेपत्ता भएको डिएसपी पाण्डेले बताएका छन्।

दुर्घटना परेर २ जना घाइते भएका छन्। घाइते हुनेहरुमा सोही स्थानका १९ वर्षीय अबितिर विक र ४५ वर्षीय कुसे बिक रहेका छन्। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

ट्याक्टरका चालक रुकुम पश्चिम चौरजहारीका नगरपालिकाका २६ वर्षीय ठगेन्द्र खत्री फरार भएका छन्। उनको खोजी कार्य भएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-06-25 10:52:00

प्रतिकृया दिनुहोस्