आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सूर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।