काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ।
सोमबार बिहान बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो।
उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाएर एक साता थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
उनका अनुसार भोलिदेखि जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको छ।
२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन्।
यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै छ। कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो।