सुनसरीको ईलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवमाथि ६० हजार बिगो दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
यादवमाथि ६० हजार बिगो दाबी गर्दै अख्तियारले असार १३ गते मुद्दा दायर गरेको हो। गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको टोलीले प्रहरी जवान यादवलाई घुस रकमसहित गएको चैत २६ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा प्रहरी जवान यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग ६० हजार घुस लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो ६० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा प्रहरी जवान यादव विरूद्व आरोपपत्र दायर गरिएको प्रवक्ता रिसालले जानकारी दिए।