डाइभर्सन बगेपछि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

अविरल वर्षापछि आएको बाढीले कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ।

मंगलबार राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ बडेरास्थितकाे डाइभर्सन बगाएको हो।

बाढीले डाइभर्सन बगाएपछि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताएका छन्। 

अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी सडक सुचारू गर्न समय लाग्ने भएको छ।

प्रकाशित मिति: : 2021-06-30 09:04:00

प्रतिकृया दिनुहोस्