दाङको घोराही क्षेत्रमा लामो समयदेखि चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लुतलसीपुर उपमहानगरपालिका २ का २२ वर्षीय देबेन्द्र खत्री रहेका छन्। खत्रीसँगै एक नाबालक पनि पक्राउ परेका छन्। नाबालकको भने परिचय खुलाइएको छैन।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खत्रीले लामो समयदेखि घोराही क्षेत्रमा चोरी आतंक मच्चाएका थिए।
प्रहरीले खत्रीको साथबाट चोरीका ल्यापटप, मोबाईल लगाएत चोरीका सामाग्री बरामद गरेको छ। चोरीमा संलग्न खत्रीलाई प्रहरीले लामो समयदेखि खोजी थालेको थियो।