खेमराज ओझाकाे गजल 

खेमराज ओझा

टाेकियाे

न गास छ, न बास छ, न त सत्तामा कोही खास छ 
अन्नदाता आमाहरुको अस्पतालको पेटीमै बास  छ। 

उनको घरमा पजेरो भिड, मेरो घरमा लास छ 
बाच्छु भन्ने त छैन यहाँ, न त मलामी पाउने आश छ।

तिमिसँग जितको लड्डु, आलिशानको लस्कर छ 
मेरो गाउँमा जिउँदो लासमा, खेल्ने तिम्रो तस्कर छ।

तिम्रो किचन सोफा सेटको, मेरो किचन रोडको 
सन्तान ठानी सत्ता दिए, भोको रहेछाै नोटको।

न मलामी, न त साईकल, घरमा लासको गन्ध छ 
तिम्रो घरमा लावालस्कर, फूलै फूलले मन्ध छ।

फूलको गन्ध लावालस्कर, सिटामोल नि लिन्छौ कि 
पजेरो त छैन मसंग, लासमा लिफ्ट दिन्छौ कि। 

प्रकाशित मिति: : 2021-07-06 18:13:00

प्रतिकृया दिनुहोस्