देउवा सरकार टिकाउन नेपाल निर्णायक, एमाले एकताको साँचो युवाका हातमा

थाहा खबर

काठमाडौँ

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि बदलिएको राजनीतिक परिवेशमा एमालेको मूलधारबाट अलग देखिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रिय राजनीतिमा फेरि पनि निर्णायक भूमिका सहित देखिएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका नेता नेपाल फेरि देउवा सरकार जाेगाउन/नजोगाउन निर्णायक बन्न सक्ने देखिएकाे हाे।

देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि पनि सरकार जोगाएर संसद्लाई पूर्ण कार्यकाल चलाउने वा नचलाउनेमा नेता नेपाल नै निर्णायक भएका छन्। 

देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका २३ सांसदले विश्वासको मत दिएको अवस्थामा देउवा नेतृत्वको सरकार र प्रतिनिधिसभाको पूर्ण कार्यकाल रहन्छ। तर, नेता नेपाल समूहका केही सांसदहरूले देउवालाई विश्वासको मत दिएर भए पनि संसद् जोगाउने बताउँदै आइरहेका छन् भने केही नेता अझै पनि एमालेको एकता लागि प्रयासरत छन्।

प्रकाशित मिति: : 2021-07-15 20:40:00

प्रतिकृया दिनुहोस्