४०० भन्दा बढी कम्पनीका मालिक, जसले पर्यटकलाई अन्तरिक्षमा पुर्‍याउँदै छन्

Photo : nbcnews.com/france24.com/virtuoso.com

'सफलता' सुन्दा जत्तिकाे सामान्य लाग्छ, प्राप्त गर्न उत्तिकै कठिन छ। 

'सफलता' उनीहरूले मात्र प्राप्त गर्न सक्छन्, जसले समस्याहरूकाे पहाड सजिलै चढ्न सक्छन्। कडा मेहनत र लामाे संघर्ष गरेर 'सफलता' प्राप्त गरेका रिचार्ड ब्रान्सनबाट हामीले वास्तविक परिश्रमकाे परिचय थाहा पाउन सक्छाै।

सन् १९५० काे जुलाई १८ मा बुवा एडवर्ड जेम्स ब्रान्सन र आमा ईव ब्रान्सनकाे काेखबाट जन्म लिएका 'सर रिचार्ड चाल्र्स निकोलस ब्रान्सन'ले वैज्ञानिक व्यवसायकाे दुनियाँ बैग्लै इतिहास रचे।

संसारकाे पहिलाे व्यक्ति उनै हुन्, जसले पहिलाेपल्ट आफ्नै कम्पनीले निर्माण गरेकाे विमानबाट अन्तरिक्षमा पुगे। र, आगामी वर्षदेखि टिकट बेचेर अन्तरिक्ष पर्यटनकाे सुरुवात गर्दैछन्।

इंल्यान्डको लन्डनस्थित ब्ल्याकथमा जन्मिएका रिचार्डकाे पारिवारिक वातावरण भने निकै राेचक छ। उनले दुई श्रीमती बिहे गरे। जसबाट तीन सन्तान छन्। एक सन्तानको भने मृत्यु भइसकेको छ।

रिचार्डका बुवा एक वकिल र आमा एयर होस्टेज थिए। रिचार्डले आफ्नाे प्रेरणाकाे स्राेत आफ्नै आमालाई मान्छन्। यसकारण कि, आमाले नै उनलाई संघर्षकाेे वास्तविक अर्थ बुझाएकी थिइन्।

त्यसाे त रिचार्डलाई 'डिस्लेक्सिया' नामक रोग थियो। तर राेगले उनकाे इच्छाशक्तिलाई केही गर्न सकेन। वश, उनी आफ्नाे सपनाकाे पछि दत्तचित्त भएर लागिरहे।

रिचार्डकाे पढाइ

पढाईकाे मामलामा उनी कमजोर विद्यार्थी हुन्। उनले प्रारम्भिक शिक्षा मात्र पुरा गरे। उनी सधैँ कक्षामा फेल हुन्थे। लगातार फेल भएपछि उनले पढाईलाई सधैँको लागि 'अल्बिदा' भने।

पढाईलाई सधैँकाे लागि तिलाञ्जली दिदा उनकाे उमेर १६ वर्षको मात्र थियाे।

उनले पढाई छाड्ने निर्णय गर्दा उनका शिक्षकहरुले समेत भनेका थिए, 'रिचार्ड कि त जेल जान्छन्, कि त धनाड्य बन्छन्।'

नभन्दै रिचार्डकाे हकमा भयाे नै उस्तै। रिचार्डले जे गर्न चाहन्थे,  उनकाे आमाले सधैँ सहयाेग गरिन्।

व्वसायीक करिअर

पढाई छाडेपछि उनले व्यापार गर्ने निधो गरे। र अन्तत: सन् १९६६ मा उनले 'स्टुडेन्ट' नामक पत्रिकाबाट 'व्यापारिक करिअर' सुरु गरे।

उनको पत्रिकाकाे व्यापार फस्टाउदै गयो। यससँगै विस्तारै उनको सोच पनि फराकिलाे हुँदै गयाे। उनले नयाँ-नयाँ व्यापारकाे याेजना र अवधारणा निर्माण गरे। र सुरू गरे पनि।

सन् १९७० मा उनले 'मेल अर्डर'काे व्यापार पनि सुरू गरे। उनको त्याे व्यापार पनि फस्टाउदै गयो। लगत्तै सन् १९७२ मा उनले 'भर्जिन रेर्कडिङ'को व्यापार सुरू गरे। तर उनले याे व्यापारबाट अपेक्षाजनक उपलब्धी पाउन सकेनन्। घाटा खाँदै गए।

विस्तारै उनले याे व्यापारबाट लगातार घाटा खान थालेपछि उनले कर छलेर व्यापार अघि बढाउन थाले। तर उनको यो कदमले झन् उनलाई नाेक्सान भयाे। कर छलेको प्रहरीले थाहा पाएपछि केही समय उनले जेल जीवनसमेत बिताउनु पर्याे।

उनलाई जेलबाट छुटाउन बुवा-आमाले घर धितोमा राखेर ७० हजार डलर जरिवाना तिर्नुपर्याे।

जेलबाट छुटेपछि उनले कहिल्यै अवैध व्यापार नगर्ने अठाेट राखे। र, उनले पुनः 'भर्जिन रेर्कडिङ'लाई नै नयाँ रुपमा निरन्तरता दिए। जसकाे कारण उनकाे व्यापारले अपेक्षाभन्दा बढी मुनाफ कमाउन थाल्याे। र मुलत; उनी २७ वर्षकाे युवा अवस्थामै अर्बपतिको सूचीमा पर्न सफल भए।

एउटा घटनाबाट प्रभावित

एकदिन उनले 'प्यूर्टो रि'को टापुमा डेट जाने योजना बनाए। तर बिडम्बना, उनी जाने भनेको दिन सबै फ्लाइटहरु रोकिएका थिए।

फ्लाइटहरु रोकिए पनि उनले हार मान्नेवाला थिएनन्। तत्कालै निजी टिकटको मुल्य सोधपुछ गरिहाले। र निर्णय लिदै उनले निजी टिकटको मुल्य जोडेर सबैलाइ देखाए। उनको मुल्यमा सबैले सहमति जनाएपछि एक निजी विमान नै बुक गरे। जसाेतसाे उनले सोही दिन नै 'प्यूर्टो रि'को टापुसम्म पुग्न सफल भए।

याे घटनालाई रिचार्डले एक सुनाैलाे अवसरकाे रुपमा प्रयाेग गरे। किनकि, त्यही जहाजको यात्राबाट नै उनले एक एयरलाइन्स सुरू गर्ने निर्णय लिए। रिचार्डले त्यही जहाजमा लिएकाे एउटा निर्णयले विश्वमा पहिलाे पटक अन्तरिक्ष यात्राको सम्भावित कार्यदिशा प्रकट भयाे। र सावित भयाे पनि।

वैज्ञानिक अवधारणासहितकाे व्यापार

सन् १९८० मा उनले 'भर्जिन एटलान्टिक एयरलाइन्स' सुरु गर्दै एयरलाइन्स व्यापारमा पनि हस्तक्षेप उपस्थिति देखाए।

रिचार्डले दुई मिलियन डलर लागानीमा सुरु गरेकाे कम्पनीले आज एयरलाइन्सकाे दुनियाँमा यस्ताे विशाल सफलता पाउला भनेर सायदैले साेचेका थिए हाेलान्।

उनको एयरलाइन्स कम्पनी बिस्तारै बढ्दै गयो। ठूलाे हुँदै गयाे। कम्पनी नै तिब्र रुपमा यसरी फैलियाे कि उनलाई कम्पनी चलाउनै बजेट कम हुन थाल्याे।

एयरलाइन्स विस्तार गर्न उनले सन् १९९२ मा 'भर्जिन रेकर्ड'लाई ५०० करोडमा बिक्री गरे। त्यसाे त 'भर्जिन रेकर्ड' कम्पनीले नै उनको करिअर बनाएको थियो। त्यसैले पनि 'भर्जिन रेकर्ड' बेच्दा उनी केही हदसम्म निराशसमेत बने।

तर, केही समयमा नै उनले 'भर्जिन रेकर्डर' कम्पनी खोले। साथै उनले 'नेकर' नामक टापु नै किनेर अत्याधुनिक रिसोर्ट खोले। टापुमा आउनले पर्यटकहरुकाे कारण उनकाे व्यापार सजिलै फस्टायो।

यद्यपि, रिचार्ड पनि यही टापुकाे रिसाेर्टमा बस्दै आएका छन्। 

४०० भन्दा बढी कम्पनीका मालिक

उनले यही रिसाेर्टमा बसेर आफ्नाे करिअरलाई अघि बढाउन विभिन्न व्यापारिक याेजनाहरु बनाए। उनी अहिले करिब ४०० भन्दा बढी कम्पनीका मालिक भएका छन्। 'भर्जिन ग्यालाक्टिक', 'भर्जिन मोबाईल', 'भर्जिन मिडिया', 'भर्जिन होटल', 'भर्जिन हाइपरलुप' जस्ता उनका थुप्रै कम्पनीहरु चर्चित छन्।

उनले बच्चामै अन्तरिक्ष यात्राको कल्पना गरेका थिए। उनले त्यही कल्पना पुरा गर्न सन् २००४ मा 'भर्जिन ग्यालाक्टिक' कम्पनी सुरू गरेका थिए।

स्थापनापछि उनकाे कम्पनीले अन्तरिक्षका परिक्षणहरु अघि बढायाे। अन्तरिक्षमा पुग्ने जो कोहीले आ–आफ्नै ताज जितेका हुन्छन्। यही मामलाका रिचार्ड पनि अन्तरिक्ष ताज जित्ने लफल भए।

अन्तरिक्ष पर्यटन

उनले  अन्तरिक्षमा गएर विश्व कीर्तिमानसमेत कायम गरे। रिचार्ड आफ्नै लगानीको रकेटमा चढेर अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति बने।

सन् २०२१ काे जुलाइ ११ का दिन उनकै कम्पनी 'भर्जिन ग्यालाक्टिक'ले निर्माण गरेको 'सुपरसोनिक स्पेस जहाज' आईतबार बिहान अमेरिकाको न्यु मेक्सिकोबाट रिचार्ड र अन्य तीन जना यात्रुलाई लिएर अन्तरिक्ष उडानमा निस्किएको थियो।

जहाजमा रिचार्डसँगै कम्पनीका तीन जना अन्य कर्मचारी बेथ मोसेस, कोलिन बेन्नेट र सिरिसा बन्दना पनि थिए।

डेभ म्याके र माइकल मासुस्सीले उक्त जहाज उडाएका थिए। 'स्पेशिप टु' नामक उक्त सिंगल रकेट मोटर जहाज बनाउन कम्पनीलाई दुई दशक लागेको थियो।

यससँगै भर्जिन ग्यालाक्टिकले आगामी वर्षदेखि व्यवसायिक रुपमा 'अन्तरिक्ष पर्यटन' सुरू गर्न टिकट बिक्री गर्ने योजना बनाएको छ। अढाइ लाख डलरको टिकट खरिद गरी भर्जिन ग्यालाक्टिकको जहाजबाट अन्तरिक्षको यात्रा गर्न सकिनेछ।

हालसम्म भर्जिन ग्यालाक्टिकबाट अन्तरिक्ष यात्रा गर्न करिब ६ सयभन्दा बढी व्यक्तिले टिकट खरिदको भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ।

रिचार्ड अहिले पनि वैज्ञानिक अवधारणाका व्षापारहरूमा व्यस्त छन्। 

प्रकाशित मिति: : 2021-07-20 06:30:00

प्रतिकृया दिनुहोस्