हेटौँडामा छैन रंगशाला, चौर सम्याउन र झार फँडानीमै बर्सेनि लाखौँ खर्च

दुई रंगशाला वर्षौंदेखि अलपत्र, दाताको हात हेर्दै 'पिप्ले क्याम्पा'

थाहा खबर

काठमाडाै‌

शुक्रबार मकवानपुर जिल्ला फुटबल संघले स्थानीय तह शहीद स्मृति गोल्डकपमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्‍यो।

गोल्डकप भएको ६ महिनापछि संघले गोल्डकपमा भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो। संघले सार्वजनिक गरेको खर्च विवरणमा सात लाख ३६ हजार रुपैयाँ प्याराफिटको भाडा,  मर्मत र जडानमा नै खर्च भएको उल्लेख छ।

त्यस्तैगरी, खेल मैदान र स्टेज बनाउन पाँच लाख २९ हजार सातसय रुपैयाँ खर्च भएको देखाएको छ। ८१ लाख ३७ हजार ५ सय ९२ रुपैयाँ गोल्डकपमा संकलन भएकोमा ६९ लाख ७७ हजार नौ सय २६ रुपैयाँ खर्च भई ११ लाख ५९ हजार सातसय ६६ रुपैयाँ बचत भएको संघले जनाएको छ।

संघले दिएको तथ्यांकअनुसार एकपटक एउटा गोल्डकप आयोजना गर्दा प्याराफिट र खेल मैदान बनाउन मात्रै १२ लाख ६५ हजार सात सय रुपैयाँ खर्च भएको छ।

मकवानपुरमा बर्सेनि यस्ता दर्जनौँ खेल तथा प्रतियोगिताहरू हुने गर्दछन्। हरेक वर्ष प्रत्येक खेल आयोजना हुँदा प्याराफिट बनाउनेदेखि खेल मैदान बनाउनका लागि लाखौँ रुपैयाँ खर्च हुने गरेको छ।

प्रकाशित मिति: : 2021-10-03 13:48:00

प्रतिकृया दिनुहोस्