नेकपा एमालेसँग छलफल गर्न तयार छु : सभामुख सापकोटा

File photo
File photo

सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालन गराउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल गर्नका लागि आफू तयार रहेको बताएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालन गराउन प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल गर्नका लागि आफू तयार रहेको बताएका छन्।

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको बताउदैं आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन्। 

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको भन्दै उनले भने, 'पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ, अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन, ढिलो चाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि सदनको हिसाबले सभामुखको नै हो, के गर्नुपर्छ त्यसको लागि म तयार छु भनेको छु।'

सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने उनको विश्वास छ। 

‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिशोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निस्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक,ट्रयाक वान, टू, सबै उपायहरु अवलम्बन गर्नका लागि मैले सकेजति मिहेनत गर्दछु' उनले भने। 

संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्ने बताउदैं आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहज रुपमा सन्चालन हुने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2021-10-13 12:56:00

प्रतिकृया दिनुहोस्