सुर्खेतकाे लादेमा मिनिबस दुर्घटना, दुई जनाको मृत्यु, आठ जना घाइते

सुर्खेतको लादेमा मिनिबस दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाकाे ज्यान गएकाे छ भने आठजना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

शनिबार दैलेखको बेस्तडाबाट वीरेन्द्रनगर आउँदै गरेको देउती नागरिक यातायत प्रालिको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको मिनिबस दुर्घटना भएको हो।

दुर्घटनामा परेर दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीया सुशिल रावत र भगवतिमाई गाउँपालिका वडा नं १ का ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको डिएसी रामप्रसाद घर्तीले जानकारी दिए।

दुर्घटनामा एक जना गम्भीर घाइते र सात जना समान्य घाइते भएको उनले बताए।

प्रकाशित मिति: : 2021-10-16 19:21:00

प्रतिकृया दिनुहोस्