बाँकेको राप्ती नदीको टापुरमा फसेका ४ जनाको सकुशल उद्धार गरिएको छ।
सोमबार बाँकेको डुडुवा गाउँपालिका ५ खजुरा स्थित राप्ती नदीमा माछा मार्न गएका ४ जना बाढी आएपछि नदीको टापुमा फसेका थिए।
नदीमा फसेका ४ जनाको आज बिहान उद्धार गरिएको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट खटिएको प्रहरी टोली र सहायतक प्रहरी बल नं.३० गण हेडक्वाटर बाँकेबाट खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका ४ खालेमसाहा बस्ने ५५ वर्षीय सौखात नाउ, सोही ठाउँका ४५ वर्षीय साबिर खाँ, ३० वर्षीय प्रमोद लोहनिया र ६० वर्षीय नजिर खाँलाई उद्धार गरेको हो।