बैतडी जोड्ने राजमार्ग पहिरोले अवरुद्ध

Photo-NK
Photo-NK

लगातारको बर्षाले बैतडीका विभिन्न ठाउँमा पहिरो जाँदा प्रमुख राजमार्गह अवरुद्ध भएका छन्।

महाकाली राजमार्ग अन्तर्गतको सतबाँझ–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ।

यसअघि सल्सेना र धरमघरमा पहिरो गएको पहिरो भने प्रहरीले पन्छाएको जनाएको छ।

यसैगरी, जयपृथ्वी राजमार्ग अन्तर्गत मोतीनगरमा पहिरो जाँदा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए।

प्रकाशित मिति: : 2021-10-19 16:41:00

प्रतिकृया दिनुहोस्