डोल्पाका ८ मध्ये ६ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

File Photo
File Photo

हिमाली जिल्लाका आठवटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहमा नेकपा एमालेले अधिवेशन सम्पन्न गरेको छ।

जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकाले  पनि वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ।

ठुलिभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ।

आगामि आइतबार भित्र नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ।

त्यसैगरी मुड्केचुला,जगदुल्ला,शे–फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए।

डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पनहुने बुढाको भनाई छ।

अधिवेश गर्ने क्रममा माओबादीको पटक क्षेत्र मानिएको मुड्केचुला गाउँपालिकामा ४७ जनाले माओबादी परित्याग गरि एमाले प्रवेश गरेको बुढाले बताए।

प्रकाशित मिति: : 2021-10-30 07:05:00

प्रतिकृया दिनुहोस्