प्रथम मेयर कपको उपाधि मुड्केचुलालाई !

त्रिपुरासुन्दरी नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कपको उपाधि मुड्केचुला गाउँपालिका युवा क्लबले जितेको छ।

आयोजक नगरपालिका वडा नं २ बाट खेलेको त्रिशक्ति युवा क्लबलाई हराउँदै एक लाख ५५ हजार राशीको प्रथम पुरस्कार जित्न सफल भएको हो।

गत शनिबारदेखि नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा संञ्चालित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा द्वितीय पुरस्कार त्रिशक्ति युवा क्लबले जितेको छ।

उत्कृष्ट प्रदर्शन गर्दै ९५ हजार ५ सय ५५ सहित द्वितीय पुरस्कार जितेको हो। त्यसैगरी ६५ हजार ५ सय ५५ राशीको तृतीय पुरस्कार साइकक्वारी युवा क्लब माझफालले जितेको छ।

जिल्लाभरीबाट जम्मा चार समुहलेमात्र खेलमा सहभागीता जनाएको महिलातर्फको खुला भलिबल प्रतियोगितामा ७० हजार ५ सय ५५ राशीको प्रथम पुरस्कार पनि साइक्वारी युवा क्लब माझफालले जितेको छ।

४५ हजार ५ सय राशीको द्वितीय पुरस्कार जगदुल्ला गाउँपालिकाको महिला समुले जितेको छ। त्यसैगरी ३० हजार ५ सय ५५ राशीसहितको तृतीय पुरस्कार जनप्रभा माध्यामिक विद्यालयको महिला समुहले जितेको छ।

खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार आयोजक समूहका बालकृष्ण खत्रीलाई र महिला उत्कृष्ट खेलाडीको पुरस्कार साइक्वारी युवा क्लवकी जुनु बुढालाई प्रदान गरिएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा कर्णाली प्रदेशसभा सदस्य पद्मीकुमारी बोहोराले पनि खेलमा सहभागी सम्पूर्ण खेलाडीलाई बधाइ दिँदै खेलमा हारजित हुने नै भएकाले मन नदुखाउन आग्रह गरिन्।

खेलाडी भनेका देशका गहना भएकाले खेलाडीहरुले अनुशासित, मर्यादित भएर खेल खेल्नु पर्ने बताइन्। खेल सहभागी महिला टिमले उत्कृष्ट प्रदर्शन गरेको भन्दै उज्वल भविष्यको कामना समेत गरिन्।

कार्यक्रमका सभाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाले खेलमा सहभागीता जनाएका सम्पुर्ण खेलाडीलाई बधाइ दिँदै अनुशासित भएर खेले मात्रै जीवनमा सफल हुने बताइन्।

कार्यक्रमा नगरपालिका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रजिअ, सुरक्षा निकायका प्रमुखहरु, कर्मचारीहरु, कार्यालय प्रमुखहरु, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो।

प्रकाशित मिति: : 2021-11-04 18:23:00

प्रतिकृया दिनुहोस्