तिहारमा छाेरी बाेकेर माइत हिँडेकी ईश्वरी खाेलामा खसेर बेपत्ता

जाजरकोटकाे बारेकाेट गाउँपालिक–७ बस्ने बहादुर सिंहकी १९ वर्षीया श्रीमती इश्वरी शाही (सिंह) जगदुल्ला खाेलामा खसेकी छन्।

तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डाेल्पाकाे मुड्केचुला गाउँपालपालिका–२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खाेलामा तीन वर्षीया छाेरी छाेरी लक्ष्मी सिंहसहित खसकी हुन्।

खसेकाे केही समयभित्रै खाेलाले बगाएर आमा बेपत्ताहुनुका साथै छाेरीकाे स्थानीयले उद्वार गरेर उपचारकालागि नेपालगन्ज पठाइएको जिप्रका डाेल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए।

मुख,टाउकाे र शरीरमा गहिरो चाेट लागेकाले छाेरीकाे अवस्था गम्भीर रहेकाे उनले बताए।

छिमेकी जिल्ला रुकुम (पश्चिम),जाजरकोटलाई खबर गरी बेपत्ताको खाेजिकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-11-04 20:50:00

प्रतिकृया दिनुहोस्