फलाेअपः ट्रयाक रेकर्डले देखाउँछ, कुमारी बैंक छिर्नुअघि पनि अनुजमणि 'सेटिङ'मै काम गर्थे

शिलापत्र

काठमाडौँ

बैंकिङ किर्ते मामिलामा कुमारी बैंकका कायममुकायम सीईओ अनुजमणि तिमिल्सिनालगायतको कर्मचारीमाथि छानबिन चलिरहेको छ। केन्द्रीय प्रहरी अनुसन्धान व्युराेबाट अनुसन्धान भइरहेका बेला नियामक नेपाल राष्ट्र बैंकले पनि सँगसँगै छानबिन अघि बढाएकाे छ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा राखेर कुमारी बैंकबाट १९ करोड ऋण दिएकाे विषयले अहिले बैंकिङ क्षेत्र तरङ्गित छ। लाए-अराएअनुसार काम गर्नेलाई सजाय हुने र लगाउने/अराउनेलाई कारबाही नहुने हो कि भन्ने शंका पनि कतिपयमा छ।

‘करोडमाथिको कर्जा ठूलो ऋणमा गनिन्छ। यस्तो ऋण दिँदा बैंकका सीईओ तहकै अनुमति चाहिन्छ। जिम्मेवार बन्ने पनि माथिल्लो निकाय नै हो', क वर्गकाे बैंककाे नेतृत्व गरिसकेका एक बैंकरले शिलापत्रसँग आफ्नो अनुभव सुनाउँदै भने, ‘बैंकका सीईओलाई प्रलोभन, दबाब धेरै आउँछन् । कतिपयले त यस्ताे प्रलोभनमा परेर काम गर्छन्।'

१९ करोड रुपैयाँको पछिल्लाे काण्ड पनि यस्तै प्रभावकै परिणाम भएकाे उनको बुझाइ छ। यस विषयमा मुख्य संग्लनता र सेटिङ कुसन प्रधानको देखिएको छ। प्रधान र तिमिल्सिनाको सेटिङमा विगतमा पनि ऋणकाे लेनदेन भएकाे र उनीहरू पुरानो साथी अनि कतिपय काममा पाटनरसमेत रहेको बताइन्छ। 

प्रकाशित मिति: : 2021-11-12 12:12:00

प्रतिकृया दिनुहोस्