डोल्पा काङ्ग्रेसः पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन 

Breaknlinks
Breaknlinks

नेपाली काङ्ग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वटा वडामा अधिवेशन सम्पन्न भएको छ। 
क्रियाशील सदस्य विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशनमा सम्पूर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली काङ्ग्रेसले जनाएको छ।

उपल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा अधिवेशन भएको छैन।

पार्टीको संगठन भएपनि समयको अभाव, भौगोलिक कठिनाइ र जनशक्ति परिचालनमा समस्या हुँदा उपल्लो डोल्पामा वडा अधिवेशन गर्न नसकिएको सभापति अंगतकुमार बुढाले बताएका छन्।

जगदुल्ला गाउँपालिकाका १ र ३ वटा वडामा अधिवेशन भइसकेको र बाँकी वडामा गर्ने तयारी भइरहेको बुढाको भनाइ छ।

वडा अधिवेशनमा अल्पसङ्ख्यक,अपाङ्ग र दलित महिला प्रतिनिधिहरु  पाउनै मुश्किल भएको काङ्ग्रेसले जनाएको छ।

हेर्नुहोस वडा सभापतिहरुको नामावली–

त्रिपुरासुन्दरी नगरपालिका
वडा–१ पुरीप्रसाद हमाल
वडा–२ नेत्र बहादुर बुढ थापा
वडा–३ तुलकृष्ण धराला
वठा–४ कालीखोरी धराला
वडा–५ मनबहादुर झाक्रि
वडा–६ पुर्ण बहादुर चलाउने
वडा–७ जुनबहादुर साहिला
वडा–८ उड्केन छिरिङ गुरुङ्
वडा–९ गणेश रोकाय 
वडा–१० रण बहादुर धराला
वडा–११ मनसिँह पुन

ठुलिभेरी नगरपालिका
वडा–१ जुद्धबहादुर रोकाय
वडा–२ मनबहादु रोकाय
वडा–३ रणबहादुर शाही
वडा–४ बिशाल रोकाय
वडा–५ सुनराम रोकाय
वडा–६ बलबहादुर बुढा
वडा–७ टेकबहादुर शाही
वडा–८ दिपेन्द्र बहादुर शाही
वडा–९ हरिन्द्रकुमार शाही
वडा–१० सन्त बुढा
वडा–११ शेरबहादुर कार्की 

मुड्केचुला गाउँपालिका
वडा–१ लवी शाही
वडा–२ पन्न शाही
वडा–३ कमलाकुमारी मल्ल
वडा–४ दिल्ली बुढा
वडा–५ नरबहादुर बोहोरा
वडा–६ राजकुमारी शाही 
वडा–७ अम्मरजीत रोकाय
वडा–८ दत्त बहादुर रोकाय
वडा–९ मित्रबहादुर रोकाय

काइके गाउँपालिका
वडा–१ मकर रोकाउ
वडा–२ सामा रोकाय
वडा–३ लालिमान बुढा
वडा–४ गणेश झाँक्रि
वडा–५ पुर्ण रोकाय
वडा–६ चन्द्रमान रोकाय
वडा–७ सुने बुढा

जगदुल्ला गाउँपालिका
वडा–१ रविन्द्र रोकाय
वडा–३ लक्ष्मीप्रसाद बोहोरा

प्रकाशित मिति: : 2021-11-14 09:37:00

प्रतिकृया दिनुहोस्