प्रकाश दूतराज : वैदेशिक रोजगारीको त्यो घनचक्कर र संगीतको प्यास

अनलाइनखबर

सुशील नेपाल

प्रकाश दूतराज जब फुर्सदमा हुन्छन्, उनलाई काठमाडौंमा यत्तिकै बसिरहन मन लाग्दैन । र, गाउँ गइहाल्छन् । शहरको रमझममा गीत सिर्जनाको उत्ति साह्रो मेसो चल्दैन उनलाई । गाउँको परिवेशमा रहेर गीत सिर्जना गर्छन् । र, बजारमा ल्याउँछन् ।

गीतलाई स्रोता-दर्शकले रुचाउँछन् । ‘बैनी झ्यालैमा…’, ‘घर कता हो बैनीको…’ हुँदै ‘जाम भो माइली…’ बाट प्रकाशले आफूलाई प्रमाणित गरिसकेका छन् ।  जसमध्ये उनको पछिल्लो हिट गीत हो, ‘जाम भो माइली’ । यो गीतका शब्दहरू उनले आफ्नो घरको बार्दलीमा बसेर कोरेका थिए ।

स्रोता-दर्शकले मात्र होइन, आज सांगीतिक क्षेत्रका स्थापित कलाकारहरूले समेत उनको सिर्जनाको तारिफ गर्ने गरेका छन् ।

खासमा ‘जाम भो माइली’लाई स्रोता-दर्शकले यति धेरै मन पराउलान् भन्ने अपेक्षा प्रकाशले गरेका थिएनन् । यो गीत सार्र्वजनिक गरेको चार दिनपछि उनी आफ्नो गाउँ (म्याग्दीको अर्मन) तर्फ लागे । त्यतिञ्जेलसम्म युट्युबमा भिडियोको भ्युज साढे दुई लाख आसपास मात्र थियो ।

गाउँमा इन्टरनेट त्यति नटिप्ने । त्यसमाथि घर गएपछि पारिवारिक काममै बढी व्यस्त भइने । उनी पनि केही दिन सामाजिक सञ्जालदेखि टाढा रहेर पारिवारिक काममा व्यस्त रहे ।

 

प्रकाशित मिति: : 2021-11-27 09:18:00

प्रतिकृया दिनुहोस्