यःमरि पकाउने पोटासीलाई भूकम्पले फुटायो

काठमाडौंप्रेस

प्रबिता श्रेष्ठ

 पुरानो ठिमी, चपाचोका चन्द्रकृष्ण प्रजापति हांसी (रक्सी बनाउने माटोको भाँडा) बनाउन व्यस्त थिए। उनको आँगन विभिन्न थरीका माटाका भाँडाले भरिभराउ थियो ।

‘यहाँ यःमरि पकाउने पोटासी बन्छ ?’ हामीले सोध्यौँ।

‘बन्छ तर अर्डर आए मात्र। चाहिएको हो तपाईंलाई ?’ उनले प्रतिप्रश्न गरे।   

‘होइन। हेर्न र जान्नबुझ्न खोजेको मात्र।’

‘केही थान त हाम्रो भण्डारमा छ,’ उनले भने।

केहीबेरमै घरनजिकैको भण्डारबाट उनले एउटा भाँडो निकाल्दै भने, ‘यही हो यःमरि बनाउने पोटासी।’

सानो घैँटो आकारको भाँडा, पिँधमा प्वालैप्वाल। जसलाई केही वर्ष अघिसम्म नेवारहरूले यःमरि पकाउन प्रयोग गर्थे, अहिले यसलाई मःमः बनाउने धातुको भाँडाले विस्थापित गरिदिएको छ।

यःमरि मात्र नभई जाँड बनाउन पनि प्रयोग गरिन्छ, पोटासी। उपत्यकाबाहिर विशेषतः थारु, मगर समुदायमा अझै पनि यस्ता पोटासीको माग हुने गरेको चन्द्रकृष्ण बताउँछन्। माग अनुसार उनी अझै पनि पोटासी बनाउँछन्। ‘यःमरि पुन्हि (मार्ग शुक्ल पूर्णिमा)कै लागि भनी बनाउन भने छाडिसक्यौँ,’ उनले भने, ‘५–६ वर्ष अघिसम्म यःमरि पुन्हिका लागि पोटासी किन्न मानिसहरू यहीँ आइपुग्थे। अहिले मःमः सेटले सजिलो भएको छ सबैलाई।’ माटोका भाँडाजस्तो नफुट्ने भएकाले स्थायी प्रयोगका लागि मःमः सेटको प्रयोग बढेको उनी बताउँछन्।

प्रकाशित मिति: : 2021-12-19 11:24:00

प्रतिकृया दिनुहोस्