अल्लोले अडिएको भीम बहादुरको परिवार

थाहा खबर

सूर्यप्रसाद अधिकारी

झण्डै डेढ दशक अगाडि भृकुटीमण्डपमा भएको औद्योगिक प्रदर्शनीको बेला कांग्रेसका नेता तथा पूर्व-प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले उनीहरूकै स्टलमा आई मन पराएर लगाएको अल्लाको टोपीको सम्झना अझै पनि ताजै छ।

त्यही खुसी र ऊर्जाले आज भीम बहादुरको परिवारमा ठूलो परिवर्तन आएको छ। बोरा र जुटको कपडा भनेर घृणा गर्ने ग्राहक अहिले उनकै अल्लोको उत्पादन मनपराएर लगाइदिँदा उनी र श्रीमती चित्रकला पनि फुरुंग छन्।

खेती किसानी गरेर दुईछाक खाना र लगाउन मुस्किल पर्ने यी दम्पती अहिले झण्डै ७० लाखको अल्लोबाट उत्पादित कोठी हिमाल अल्लो कपडा उद्योगको मालिक बनेका छन्।

यी हुन् प्युठान जिल्लाको विकट ठाउँमा जन्मिएका भीमबहादुर बुढामगर र चित्रकला बुढामगर। उनीहरूलाई अहिले अल्लोको कपडा बेच्न भ्याइ-नभ्याई भएको छ।

प्रकाशित मिति: : 2021-12-20 14:14:00

प्रतिकृया दिनुहोस्